दृष्टिविहीन विद्यार्थीका लागि संगीत शिक्षक व्यवस्था

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीका लागि संगीत शिक्षक व्यवस्था गरिएको छ । रोटरी क्लब अफ हेटौंडाले संगीत शिक्षक कार्यक्रम अन्तरगत एक वर्षका लागि दुई जना संगीत शिक्षकको व्यवस्थापन गरेको हो ।

संगीत शिक्षकहरु तुलुक लामा र सुनिल केसीले ११ जना दृष्टिविहीन विद्यार्थीलाई संगित प्रशिक्षण दिने बताइएको छ । रोटरी क्लबस् अफ तास्मानिया अष्ट्रेलियाको आर्थिक सहयोगमा रोटरी क्लब अफ हेटौंडाले संगित शिक्षक कार्यक्रम अन्तरगत तेस्रो वर्ष संगित शिक्षकको व्यवस्था गरेको हो ।

कार्यक्रममा रोटरी क्लब हेटौँडाका पूर्व अध्यक्षहरु धिरजकुमार कार्की क्षेत्री, उज्जवल शर्मा भण्डारी, २०२४÷२५ अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, बालज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक भरतप्रसाद अर्याल, जगत न्यूज डटकमका सम्पादक अशोकसुजन श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.