पूर्व राष्ट्रपति भण्डारी वैशाख २० गते हेटौंडा आउने

मकवानपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउने भएकी छन् । यही बैशाख २० गते हुने मदन भण्डारी फाउण्डेसन मकवानपुरको साधारणसभालाइ सम्बोधन गर्न उनी हेटौंडा आउने भएकी हुन् ।

फाउण्डेसन मकवानपुरको चौथो साधारण सभा तथा फाउण्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न पूर्व राष्ट्रपति भण्डारी हेटौंडा आउन लागेको मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिए ।

उनका अनुसार, फाउण्डेसन मकवानपुरले अक्षयकोष मार्फत संस्थापक अध्यक्ष शर्माको स्मृतिमा हरेक वर्ष जिल्लामा राजनीतिक एवम् सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई नगद राशीसहित सम्मान गर्दै आएको छ ।

यसअघि उक्त पुरस्कार पुराना कम्युनिष्ट नेता बम बहादुर लामा, समाजसेवी ईश्वरीप्रसाद न्यौपाने, शैक्षिक व्यक्तित्व युवराज गिरी र ट्रेड युनियन आन्दोलनका नेता तथा राजनीतिक व्यक्तित्व ज्ञानबहादुर भुजेललाई प्रदान गरेको फाउण्डेशनका अध्यक्ष खुलालले बताए ।

पूर्व राष्ट्रपति भण्डारी मदन भण्डारी फाउण्डेशनको संस्थापक अध्यक्ष समेत हुन् । उनी हेटौंडामा रहँदा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.