मकवानपुरमा ई.भी. गाडी दुर्घटना हुँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाण्डौं सडकखण्डमा आज दिउँसो ई.भी. गाडी दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्।

म.प्र.०३–००१ ज ०५५१ नम्बरको ई.भी. गाडी हेटौँडाबाट काठमाण्डौं जाँदै गर्दा दिउँसो १ बजेको समयमा घुम्तीमा ब्रेक हानेको बेला टायर चिप्लिएर करिब १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार, दुर्घटनामा गाडीमा सवार १० जनामध्ये ५ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।

घाइते हुनेहरुमा पर्साको जिराभवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत विहारका ३९ वर्षीय रिसाहद कुमार, र ३५ वर्षीय उमाशंकर कुमार रहेका छन्।

गौरेको दायाँ हात र काँधमा गम्भीर चोट लागेको छ भने रिसाहद कुमारको हात, ढाड र कुममा चोट लागेको छ। त्यसैगरी, उमाशंकर कुमारको हात र घाँटीमा चोट लागेको छ।

साथै २७ वर्षीय जताशंकर कुमारको गाला र निधारमा सामान्य चोट लागेको छ भने ५० वर्षीय राकेश कुमारको टाउकोमा सामान्य चोट लागेको छ।

गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको प्रहरी प्रवक्ता अर्यालले बताए ।

प्रहरीले सवारी चालक पर्साको परमाणीपुर गाउँपालिका–२ निवासी, वर्ष २२ का वर्सिराजाराम साहलाई नियन्त्रणमा लिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.