हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकी दुई वर्षीय बालिकाको मृत्युु भएको छ ।
आइतबार दिउँसो ०३:४० बजे मनहरी-६, नयाँबस्ती स्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नँयाबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नं. को बसले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् ।
मृत बालिका स्थानीय खडक बहादुर थिङकी दुई वर्षीय पुजा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएकी पुजाको उपचारको लागी हेटौंडा अस्पताल पठाइएको थियो ।
बस र बस चालक मनहरी-७, बिजौनाका चन्द्र बहादुर तामाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस्तै, बेलुकी ०५:१० बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाई छ।
प्रतिकृया दिनुहोस्















