हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार मनहरीबाट आफ्नो घर जाने क्रममा एक्कासी मनहरी–७ को पेन्चे भिरबाट लडेर १७ वर्षीय पवन उर्फ पावल प्रजाको मृत्यू भएको हो ।
मृतक प्रजा कैलास–२, छाङदुङ निवासी प्रविन्द्र कुमार प्रजाको छोरा हुन् । भिरबाट लगभग ५० मिटर तल मनहरी खोलामा खसेर घाईते भएका प्रजालाई सोही दिन राती उपचारको लागी उनको आफन्तले चितवनको नँया मेडिकल कलेज भरतपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । अनुहारमा चोट लागेर बोल्न नसक्ने गम्भिर अवस्थामा रहेका प्रजाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीका अनुसार प्रजाको शव सोही अस्पतालमा छ ।
प्रतिकृया दिनुहोस्
















