मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० मेनरोडमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन्।
शनिबार बिहान करिब ३ः४० बजे महालक्ष्मी बैंक अगाडि सीमाचोकबाट एचआईडीतर्फ जाँदै गरेको ना.३२ प ५२६१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा हेटौंडा–९ का २६ वर्षीय दिक्षांस खड्का घाइते भएका हुन्।
घाइते खड्कालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको बागमती प्रदेेेश प्रहरी कार्यालयले जनाएको छ । उनको टाउको, खुट्टा, ढाड र कम्मरमा चोट लागेको छ।
हेटौंडा अस्पतालमा उपचाररत खड्कालाई बिहान ६ः३० बजे थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर, चितवन रिफर गरिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
उपचारका क्रममा उनका बुबा दिपक खड्का साथमा रहेका छन् । दुर्घटनामा परेको स्कुटर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर राखिएको छ।
प्रतिकृया दिनुहोस्














