हेटौंडा । बागमती प्रदेश सरकारले ५ सचिवहरुको पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए ।
यस्तै, बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वयमसेवक समुह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ । कुल १ करोड बजेट रहेको उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रम स्वीकृत गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता लामिछानेले बताए ।
प्रतिकृया दिनुहोस्

















