काठमाडौं । दुई पटक टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ ।
सन् २०१२ र २०१६ गरी दुई पटकको टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको हो ।
क्रिकेट टोलीले नेपाली क्रिकेट इतिहासमा पहिलो पटक फुल टेस्ट टोलीसँग खेलेको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नौ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सक्यो ।
सिरिजको दोस्रो अर्थात अर्को खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

















