हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डीस्थित हेटौंडा–भैंसे सडकखण्डमा ट्रक बिग्रिँदा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब १०ः५० बजे वैकल्पिक ड्राइभर्सनमा ना.५ ख ५४१८ नम्बरको मालवाहक ट्रकको सापट भाँचिएपछि सडक एकतर्फी अवरुद्ध भएको थियो। ट्रक बिग्रिएपछि सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घटनापछि जेसिबीको प्रयोग गरी ट्रक हटाइएपछि बिहान ११ः४५ बजे सडक सञ्चालनमा ल्याइएको हो। सडक खुलाएसँगै हेटौंडा–भैंसे सडकखण्डमा सवारीसाधनको आवागमन सामान्य भएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्














