शहीद रुद्र पाख्रिन, वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुँदै

file-photo

मकवानपुर । शहीद रुद्र पाखिन: वासुदेव घिमिरेको स्मृतिमा तेस्रो खुल्ला ८ ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिता यही जेठ २५ गतेदेखि सुरु हुने भएको हो ।

मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो भने सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहनेछ ।

उक्त प्रतियोगितामा सहभागी टिमहरूले रु ५ हजार ५ सय रुपैयाँ इन्ट्रि फि तिर्नुपर्ने छ ।

त्यस्तै, प्रतियोगितामा पहिलो हुने टिमलाई पुरस्कार रु. ७५ हजार र दोस्रो हुने टिमलाईरु. ४० हजार प्रदान गरिने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताए । उनका अनुसार, टिम दर्ताको अन्तिम म्याद जेठ २४ गते बिहान १० बजेसम्म तोकिएको छ ।

आयोजकले सिट सीमित रहेको जानकारी दिँदै इच्छुक टिमहरूलाई समयमै दर्ता गराउन आग्रह समेत गरेको छ ।

प्रतियोगिताबाट स्थानीयस्तरमा खेलकुदको विकास र युवाबीच सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास लिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.