हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, स्थित न्यू सिवाकोटी सप्लार्यस शिल्ड गरिएको छ ।
मंगलबार मकवानपुर जिल्ला प्रशासनको नेतृत्वमा गरिएको बजार अनुगमन टोलिले उक्त सप्लार्यस शिल्ड गरेको हो ।
अनुगमनको क्रममा सप्लार्यसमा बिक्रीका लागि राखिएको म्याद गुज्रिएको उपभोग्य वस्तुहरू धेरै मात्रामा भेटिएपछि शिल्ड गरिएको हो ।
अनुगमन टोलीका अनुसार, म्याद सकिएका केक बनाउन चाहिने केमिकल लगाएतका धेरै दैनिक उपभोग्य वस्तुहरू खुला रूपमा बिक्रीका लागि राखिएको पाइएकोले शिल्ड गरेको जनाएकोछ ।
अनुगमन टोलिमा प्राविधिक टोली तथा जनस्वास्थ्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, उद्योग वाणिज्य कार्यालय, जिल्ला शिक्षा तथा समन्वय इकाइको, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरी म्याद गुज्रिएका सामान राख्नु गम्भीर अपराध रहेको भन्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलले यसमा कानून कारबाही अघि बढाइने बताए ।
साथै, उनमे उपभोक्तालाई म्याद जाँच गरेर मात्रै सामान किन्न र यस्ता अनियमितता देखेमा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरे ।

















