मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट मंगलबार गाई र गोरुसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
पूर्व–पश्चिम सडकखण्ड अन्र्तगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित फरेष्टि क्याम्पस अगाडिबाट ८ वटा गाई र ७ वटा गोरुसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, मंगलबार बिहान ५ बजेको समयमा हेटौंडा बजारबाट बिरगञ्जतर्फ जाँदै गरेको बागतमी प्रदेश ०३–००१ ख १२२० नम्वरको आइचर ट्रक चेकजाँच गरिएको थियो ।
ट्रकमा चेकजाँच गर्दा गाडी भित्र भेट्नरीको कागजातहरु नभएको अवस्थामा उक्त परिणामको गाई र गोरु ढुवानी गरेको फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ती गाईगोरु र ट्रकलाई वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त गाईगोरुहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ट्रकसहित पशुसेवा केन्द्र कार्यालय हेटौंडामा बुझाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















