मकवानपुरमा ९७ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

हेटौंडा सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा मकवानपुर जिल्लामा ९७ प्रतिशत किशोरीले खोप लगाएका छन् । पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियानको रुपमा दिइएको हो ।

२२ माघबाट सुरु अभियानको अन्तिम दिन ६ फागुनसम्म जिल्लाका १० वटै पालिकामा २० हजार १२३ जनाले खोप लगाएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका २० हजार ७८३ जना किशोरीहरुमा खोप लगाउने लक्ष्य लिइएकोमा २० हजार १२३ जनालाई उक्त खोप लगाइएको हो । अभियानका क्रममा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको हो ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकामा सुबै भन्दा बढी किशोरीले खोप लगाएका छन् । उपमहानगरमा ९ हजार २३८ जनालाई खोप लगाउने लक्ष्य लिइएकेमा ९ हजार ११ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । यो उपमहानगरमा लगाइएको खोपको ९८ प्रतिशत हो ।

यसैगरी थाहा नगरपालिकामा १ हजार ८८९ जना किशोरी लक्षितमा १ हजार ८०५ जना अर्थात ९५ प्रतिशत, इन्द्र सरोवर गाउँपालिकामा ४८८ जनको लक्ष्य गरिएकोमा ४ सय ५७ जना अर्थात ९५ प्रतिशत, भीमफेदीमा ८४४ जनाको लक्ष्यमा ७९५ अर्थात ९४ प्रतिशत, मकवानपुरगढी गाउँपालिकामा १ हजार ७३ जनाको लक्ष्यमा ९ सय ८५ जना अर्थात ९२ प्रतिशत, बकैयामा १ हजार ८५३ जनाको लक्ष्यमा १ हजार ७१० अर्थात ९२ प्रतिशत किशोरीलाई उक्त खोप लगाइएको घिमिरेले जानकारी दिए ।

उनका अनुसार बागमतीमा १ हजार ३३९ जनको लक्ष्यमा १ हजार २९५ जना अर्थात ९७ प्रतिशत, मनहरीमा २ हजार २६२ जनाको लक्ष्यमा २ हजार ५४ अर्थात ९१ प्रतिशत राक्सिराङमा ७ सय ९८ जनामा ७ सय ७३ अर्थात ९७ प्रतिशत, कैलाशमा १ हजार १ मा ९ सय ९३ अर्थात ९५ प्रतिशत किशोरीमा खोप लगाइएको हो ।

यसैगरी एमसीएच क्लिनिक मार्फत २ सय ६३ जना किशोरीलाई एचपीभी खोप लगाइएको उनले बताए ।  हेटौंडा उपमहानगरपालिकालाई वितरण गरिएको खोप डोज मध्ये १५ भायल खोप ड्यामेज भएको तथा मकवानपुर गढीमा ४५ जना किशोरीले गत वर्ष नै खोप लगाइएको पाइएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.