स्वास्थ्य बिमाका बिरामीले हेटौंडा अस्पतालमा ओपीडि टिकट दर्ता गर्न नपर्ने

हेटौँडा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्तालले दैनिक रुपमा ओपीडि टिकट दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ । दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमा अन्तर्गतका विरामीको गुनासोलाई अस्पताल प्रशासनले सम्बोधन गरेको छ ।

अबदेखि १ पटक ओपीडिको टिकट लिएपछि एक सातासम्म दर्ता नगरी फ्लोअप गर्न सकिने व्यवस्था गरिएको अस्पतालबाट जारी सूचनामा उल्लेख गरिएको छ । यो व्यवस्था माघ २९ गतेदेखि नै लागू हुने सूचनामा जनाइएको छ ।

दर्ता भएको मितिले ७ दिनसम्म पुनः दर्ताको लागि लाइन नबसी सेवाहरुको विलिङका साथै फार्मेसीबाट औषधि समेत लिने व्यवस्था मिलाइएको अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईले जानकारी दिए ।

यो व्यवस्था बमोजिम ओपीडी जाँच गराएको ७ दिन भित्र सम्बन्धित विभागको डाक्टरसँग सिधै भेट्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.