हेटौंडा । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बागमती प्रदेशका २ लाख ९८ हजार ३ सय ५ जना किशोरीलाई एचपीभी खोप लगाईने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी विरुद्धको खोप दिईने भएको हो ।
जिल्लाका विद्यालयहरुमा अध्यहरुमा अध्ययनरत ६ कक्षा देखि १० कक्षा सम्मका छात्राहरलाई लक्षित गरी खोप लगाईने भएको छ । विद्यालय बाहिरा रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई समेत उक्त भाइरस विरुद्धको खोप केन्द्रबाट लगाईने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले तयारी गरेको स्वास्थ्य निर्देशनालय , बागमती प्रदेशका निर्देशक नरेन्द्र झाले जानकारी दिए ।
फेब्रुअरी ४ मा मनाईने विश्व क्यान्सर दिवसको पारेर पाठेघरको मुखको क्यान्सर विरुद्धको खाप लगाउन लागिएको हो । निर्देशक झाका अनुसार बागमती प्रदेशका मकवानपुर जिल्लामा २२ हजार ७ सय १३ , चितवनमा ३१ ह्जार ५ सय ७० , धादिङ जिल्लामा १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने भएको छ । त्यसैगरी , नुवाकोट जिल्लाका ११ हजार १ सय ७८ , रसुवा जिल्लामा १६ सय ८६ , काठमाण्डौं जिल्लामा १ लाख ११ हजार १ सय ४ जना किशोरीलाई खोप लगाईने निर्देशक झाले जानकारी दिए ।
यस्तै , ललितपुरका ३१ ह्जार ९ सय ८५ , भक्तपुर जिल्लामा १९ हजार २ सय ९५ , काभ्रेका १६ हजार १ सय १३ , सिन्धुपाल्चोकका १० हजार ४ सय ६८ , दोलखा जिल्लाका ६ हजार ५ सय २० , रामेछाप जिल्लाका ७ हजार ७८ र सिन्धुली जिल्लाका १४ हजार ६ सय २२ जना किशोरीलाई एचपीभी खोप लगाईने निर्देशक झाले बताए ।
उनका अनुसार खोप अभियान सन्चालन गर्नका निम्ति ८ हजार ७ सय ३६ स्वयमसेवक र ४ हजार ३ सय २४ जना कर्मचारी खटाएको बताए ।
४ हजार ५ सय ७९ वटा खोप केन्द्रबाट दिईने एचपीभी खोप ४ हजार ६ सय १५ वटा खोप सेसन सन्चालन गरेर दुई चरणमा यो अभिायन सन्चालन गर्ने निर्देशक झाले बताएका छन् । खोप विद्यालयका ६ कक्षादेखि १० कक्षाका २ लाख ७५ हजार ७१ जना किशोरी तथा विद्यालय बाहिरका २३ हजार २ सय ३४ जना किशोरीलाई लगाईने लक्ष्या रहेको उनले बताए ।
सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई एचपीभीको संक्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ३ सय महिलाको निधन हुने गरेको जनाइएको छ । खोप अभियान २२ माघदेखि ६ फागुनसम्म देशैभरी सन्चालन हुने छ ।

















