गाँजासहित हेटौंडाबाट युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१२, तिरुवा बस्ने २७ वर्षीय रोहित चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हिजो बुधबार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा  उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्टमा सवारी साधन जाँच गर्ने क्रममा ना ७ ख ६९१ नम्बरको यात्रु बस रोकेको थियो। बस नारायणगढबाट वीरगञ्जतर्फ जाँदै थियो।

जाँचका क्रममा चेपाङलाई शंका लागेपछि खानतलासी गर्दा उनको झोलाभित्र लुकाइ–छिपाइ राखिएको ७ किलो ४५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित पक्राउ परेका चेपाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.