फोनिज बागमतीको आयोजनामा एआईको प्रयोग सम्बन्धी दुई दिने तालिम

मकवानपुर । नेपाल जनजाति पत्रकार महासंघ (फोनिज) बागमतीको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । तालिम प्रदेशको भक्तपुर जिल्लाको मध्यपुर नगरपालिका बोडेस्थित नर्ट पाईट मलमा आयोजना गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सञ्चालित उक्त तालिमको जेठ २३ र २४ गते भएको हो । फोनिजका केन्द्रीय महासचिव समीर बलामी र निवर्तमान उपाध्यक्ष अमरध्वज लामाले प्रशिक्षण दिएका थिए ।

तालिममा पत्रकारिता क्षेत्रमा एआईको भूमिका, सम्भावना र प्रयोग सम्बन्धी विविध विषयहरुमा जानकारी प्रदान गराइएको थियो। तालिमको समापन कार्यक्रम फोनिज बागमतीका अध्यक्ष युवराज लामाको सभाध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले आफु पनि जनजाति कै छारा भएको बताउँदै जनजाति पत्रकारको हकहित र अधिकारीको लागि आफुले सक्दो सहयोग गर्ने बताए । उनले पछिल्लो पटक पत्रकारहरुको विश्वास घट्दै गएकोप्रति दुःख व्यत्त गर्दै फोनिजकर्मीहरुले त्यसलाई ध्यानमा राखी सत्यतथ्य समाचार प्रशारण वा प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

यस्तै, फोनिज बागमतीका अध्यक्ष श्रेष्ठले प्रशिक्षणले पत्रकारिताको आधुनिक युगसँगै समायोजन हुने प्रयासमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

साथै, सहभागीहरूले एआई प्रविधिको प्रयोग पत्रकारितामा कसरी प्रभावकारी हुन सक्छ भन्नेबारे गहन छलफल तथा अनुभव आदानप्रदान समेत गरेका थिए।

तालिममा प्रदेशका ललितपुर बाहेक १२ वटा जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.