हेटौँडा। मकवानपुरको हेटौँडामा लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि निः शुल्क खोप अभियान कार्यक्रम सुरु गरिएको छ ।
बुधबार पशु सेवा कार्यालय हेटौँडा मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको समन्वयमा निः शुल्क खोप अभियान कार्यक्रम सुरु गरेको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १६, १७ र १८ का किसानलाई ५ हजार खोप वितरण गर्दै कार्यक्रम सुरु गरिएको हो ।
करिव ६ लाख रुपैयाँको खोप वितरण गरिएको पशु सेवा कार्यालय हेटौंडा मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । उक्त रोग देखा परेपछि वडाहरुमा कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

















