मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा १५ दिन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडकखण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द गर्न लागिएको जानकारी गराएको हो ।
ठिङ्गन–बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले उक्त सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जारी सूचनामा उल्लेख गरिएको छ ।
सडक बन्द हुने सो समयमा काठमाडौं–हेटांैडा वा हेटौंडा–काठमाडौं यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सबैलाई आग्रह गरेको छ ।

















