जन्मदिनमा वडा अध्यक्ष स्याङ्तानद्वारा विद्यार्थीलाई कपडा सहयोग

हेटौंडा ।  मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ का प्रकाश स्याङ्तानले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा (स्विटर) सहयोग गरेका छन् । सोमबार मनहरी–२, भुन्द्रुङ्गटाँडीमा स्थित श्री सीता माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका करिब ४० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो ।

हाल दक्षिण कोरियामा रहेका स्याङ्तानले पढ्नको लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि लगभग ३ घण्टा हिँडेर आउने विद्यार्थीलाई लक्षित गरेर यो सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा केक काट्ने वा अन्य खर्च गर्नुभन्दा साना भाइबहिनीलाई मदत गर्ने लक्ष्य राखेर उनले स्विटर वितरण गरेका हुन् ।

सानो हुँदा विद्यालयका लागि गरेको संघर्ष र साथीहरूको कठिनाइलाई अनुभव गरेका स्याङ्तानले विद्यार्थीहरुलाई थोरै भए पनि मदत गर्न पाउँदा खुशी महसुस गरेको बताए। स्याङ्तानले सोही विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका थिए ।

यस अवसरमा बोल्दै, विद्यालयका अध्यक्ष राजकुमार थिङले सामाजिक कार्यमा जोड दिने स्याङ्तानको कार्यलाई युवाहरूका लागि प्रेरणादायक बताउँदै धन्यवाद दिएका थिए। विद्यालयका प्रधानाध्यापक दुधलाल घलानको सभाध्यक्षतामा सम्पन्न स्विटर हस्तान्तरण कार्यक्रममा विद्यालयका अध्यक्ष थिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.