बुद्ध लामाको घरदैलो अभियान तीव्र, मतदाताको उत्साहजनक स्वागत

मकवानपुर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बुद्ध लामाले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। नेपाली कांग्रेस मकवानपुर जिल्ला क्षेत्र नम्बर २ का उम्मेदवार लामा मंगलबार हेटौंडा उपमहानगरपालिका–१ अन्तर्गत जरुवाटोल, पानसुके चोक, चाइनाक्वाटर, चौकीटोल र लालझाडी क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलोका क्रममा मतदाताले खादा लगाइ स्वागत गर्दै उत्साह व्यक्त गरेका थिए। स्थानीयले “नयाँको भर छैन, विकास चाहिन्छ” भन्दै लामालाई मत दिएर जिताउने प्रतिबद्धता जनाएको बताइएको छ।

उम्मेदवार लामाले कांग्रेस विजयी भए क्षेत्रको विकासले गति लिने दाबी गर्दै आफू “कुराभन्दा काममा विश्वास गर्ने” व्यक्ति भएको उल्लेख गरे। उनले आधारभूत पूर्वाधार, रोजगारी सिर्जना र जनजीविकासँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

करिब २० जनाको सहभागितामा सम्पन्न घरदैलो अभियानमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो। निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर २ मा चुनावी माहोल थप तातेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.