हेटौंडा । सहकारी तथा गरिवी निवारण मन्त्रालय, बागमती प्रदेश सरकारको सल्लाहकारमा रवि सुदन थापा नियुक्त भएका छन् । उनलाई ११ माघमा सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठले अवैतनिक सल्लाहकार नियुत्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश, हेटौंडाको माघ ९ गतेको पत्रबाट अनुमति प्राप्त भए अनुसार तथा अवैतनिक सल्लाहकार नियुत्ति सम्बन्धि कार्यविधि, को दफा (३) को उपदफा (५) बमोजिम अर्को व्यवस्था नभए सम्मको लागि उनलाई अवैतनिक सल्लाहकार नियुत्ति गरिएको मन्त्रालयले जनाएको छ । उनी नेपाल विद्यार्थी संघ धादिङको पुर्व जिल्ला अध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस्

















