हेटौंडा । रौतहटको गौर नगरपालिका–२ स्थित एक होटलमा भएको सामूहिक जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग सम्बन्धी घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १:०० बजेको समयमा पीडितबाट प्राप्त सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले घटनामा संलग्न आरोपितहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका-२ बस्ने २५ वर्षीय सन्तोष राउत रहेका छन् भने भारतको बिहार राज्य अन्तर्गत मजफरपुर जिल्लाका विभिन्न स्थानका चार जना पनि पक्राउ परेका छन्। उनीहरूमा कल्याणी पंचायत-२४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, मैरोवन पंचायत-२ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पंचायत–१ बस्ने ३८ वर्षीय हसनैन आलम र क्रममा पंचायत-४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन्।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।














