हेटौंडा । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
स्थानीय कपिल खवासकी करिब २० वर्षीया श्रीमती सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएको प्रहरीले जानकारी दिएको ।
उनको दाहिने काँधमा गहिरो चोट लागेको छ। घाइते शिवलालको स्थानीय नेता चोकस्थित एक मेडिकलमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैंचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्















