बालज्योति माविको स्वर्ण जयन्तीमा साइकल र्‍याली

हेटौंडा । हेटौंडा ५ मा रहेको बालज्योति माविले स्वर्ण जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरिरहेको छ । माघ १९ देखि २८ गतेसम्म विविध शैक्षिक, सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरिरहेको हो ।

स्वर्ण जयन्ती समारोह अन्तर्गत दोस्रो दिन मंगलबार विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागितामा साइकल ¥यालीको आयोजना गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको र्‍याली पिप्ले–क्याम्पाचौरमा पुगेर औपचारिक कार्यक्रमसँगै सम्पन्न भएको हो । ¥यालीले स्वर्ण जयन्ती समारोहप्रति समुदायमा सचेतना फैलाउने उद्देश्य राखेको विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्तीको औपचारिक शुभारम्भ सोमबार गरिएको थियो । आयोजकका अनुसार बुधबार सार्वजनिक स्थल सरसफाई तथा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता हुनेछ । २३ र २५ गते विद्यालय प्रांगणमा विविध खेलकुद कार्यक्रम तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । २४ गते विद्यालय सभा हलमा रक्तदान कार्यक्रम, २६ गते पूर्व विद्यार्थी खेलकुद कार्यक्रम अन्तर्गत पुरुषतर्फ घैँटो फुटाई तथा महिलातर्फ म्युजिकल चेयर प्रतियोगिता सञ्चालन गरिनेछ ।

सोही दिन पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । २७ गते स्वर्ण जयन्ती तयारी, अभिभावक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमसँगै अभिभावक खेलकुद कार्यक्रम आयोजना हुनेछ । स्वर्ण जयन्ती समारोहको समापन माघ २८ गते विद्यालय प्रांगणमा हुने विद्यालय अतिरिक्त संयोजक तथा कार्यक्रम संयोजक अमित क्षेत्रीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ पोखरेलको अध्यक्षतमा भएको स्वर्ण जयन्ती अन्तर्गतको साइकल ¥यालीमा हेटौंडा उपमहानगरपालिकाकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपमेयर राजेश बानियाँ, निवर्तमान नगर प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिबहादुर महत, हेटौंडा ५ का वडा अध्यक्ष सुशील घिमिरे, ४ का वडा अध्यक्ष नवीन सिग्देललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.