प्रगति माविले शिक्षक र पूर्वविद्यार्थी भेला गर्ने

हेटौंडा । हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले शनिबार शिक्षक, कर्मचारी तथा पूर्वविद्यार्थीहरुको भेला गर्ने भएको छ । विद्यालय स्थापनाको ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्तीको अवसरमा माघ ६ देखि ९ गतेसम्म आयोजना हुने विविध कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न भेला आयोजना गरिएको प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिए ।

बिहीबार विद्यालयको पूर्वविद्यार्थी तथा पत्रकारिता पेशामा आबद्ध व्यक्तिहरुस“ग अनौपचारिक छलफलको आयोजना गरी विद्यालयले भेलाको विषयमा जानकारी गराएको हो । समारोहलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सुझाव संकलन, अनुभव आदानप्रदान, शिक्षक विद्यार्थी पुनर्मिलनका साथै चियापन कार्यक्रम राखिएको पराजुलीले बताए ।

भेला शनिबार बिहान ८ बजेबाट सुरु हुनेछ । २०३२ सालबाट औपचारिक रुपमा विद्यालयको मान्यता प्राप्त गरी संचालनमा आएको विद्यालयले सरस्वति पूजाको दिन भव्य कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको छ । यस्तै, विद्यालयले पुष २६ र २७ गते महिला शिक्षक भलिबल कार्यक्रमको पनि आयोजना गरेको उल्लेख गरेको छ ।

स्वर्ण जयन्तीको अवसरमा शिक्ष्ँकहरुको पेशागत अभिवृद्धिका लागि जिल्ला स्तरीय शिक्षक सम्मेलन, विद्यार्थीहरुका लागि साहित्यिक कार्यक्रम, स्मारिका प्रकाशन र सांस्कृतिक कार्यक्रम गरी मनाउने तयारी गरेको छ । यसका लागि विद्यालयले पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, शुभचिन्तकहरुस“ग सहयोगको अपिल गरिरहेको छ ।

विद्यालयलाई प्राप्त भएको सहयोग रकमबाट विद्यालयको पहिलो प्रधानाध्यापक राधा देबी शाहको प्रतिमा निर्माण गर्ने र विद्यँलयको अक्षय कोष निर्माण गरी गरिब असहायलाई छात्रवृद्धि प्रदान गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक पराजुलीले बताए । स्वर्ण जयन्तीको अवसरमा आयोजित विविध कार्यक्रमका लागि ७–८ लाख रुपैया“ खर्च हुने अनुमान गरिएको छ ।

जसका लागि विद्यालयले पूर्व कर्मचारी, शिक्षक र विद्यार्थीहरुस“ग सहयोगको अपिल गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.