मकवानपुर । हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ।
हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा मंगलबार बिहान भएको घटनामा मनहरी गाउँपालिका–३ का ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी श्रीमती ४२ वर्षीया ओमकुमारी भुजेलमाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएकी भुजेललाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो। तर उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि आरोपी श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रतिकृया दिनुहोस्















