हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा आगोले पोलेर एक बालिका घाइते भएकी छिन् । चितवनको राप्ती नगरपालिका १ लोथर घर भई हालः मकवानपुरको बकैया गाउँपालिका ८ शिशिर दमार बस्ने रमेश फुयाँलको कुखुरा फर्ममा काम गर्ने दिलबहादुर प्रजाको अन्दाजी ५ वर्षकी छोरी सोनिया प्रजा घाइते भएकी हुन् ।
फर्म भित्रै आगो तापेर बस्ने क्रममा आमा बाहिर गएको बेला अचानक कपडामा आगो सल्केर बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ । घटनाको विषयमा जानकारी हुने बित्तिकै हात्तिसुँढेको टोली घटनास्थलमा पुगेको थियो ।
घटनाको बारेको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्















