औषधि बोकेको ट्रक पल्टिँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध 

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएको छ। बिहान करिब ५ बजेतिर बिरगंजबाट काठमाडौंतर्फ औषधि लोड गरेर जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक अचानक ब्रेकफेल भई अनियन्त्रित रूपमा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परेका चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ का ४० वर्षीय विनोद माझी  सकुशल प्रहरी सम्पर्कमा रहेका छन्। ट्रक सडकमै पल्टिएको अवस्थामा रहेकाले कान्तिलोकपथ पूर्ण रूपमा अबरुद्ध भएको छ। दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्र.स.नि. रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

दुर्घटनास्थल ठिंगन प्रहरी कार्यालयबाट करिब ८ किलोमिटर उत्तरमा पर्छ । हाल दुर्घटनास्थलमा थप प्रहरी टोली परिचालन गरिएको छ र ट्रक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.