‘सूर्य नेपालका कर्मचारी’ भन्दै व्यवसायी ठग्ने तीन जना पक्राउ

सांकेतिक तस्वीर

हेटौंडा । आफूलाई सूर्य नेपाल प्रा.लि. का कर्मचारी भनेर विभिन्न व्यवसायीलाई ठगी गर्ने गिरोहका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेमा पर्सा, बिरगंज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, बिरगंज–१९ का ४० वर्षीय रामराउत कुर्मी, र बिरगंज–३२ टेटा घर भई हाल हेटौंडा उपमहानगरपालिका–१०, टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेश कुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न मितिमा आफूहरू सूर्य नेपाल प्रा.लि. का कर्मचारी भएको भनी हेटौंडा क्षेत्रमा रहेका व्यवसायीहरूलाई अनलाइनबाट सामान अर्डर गरी ठगेका थिए । सामानको भुक्तानी भएको जस्तो देखाउन नक्कली बैंक भौचरहरू ह्वाट्सएपमार्फत पठाउने र त्यसपछि रु. १७ लाख ८७ हजार बराबरका सामानहरू बिरगंजतर्फ डेलिभरी गर्न लगाउने कार्यमा उनीहरू संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीले ती तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.