मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ शान्तीचोकस्थित स्थानमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने क्रममा एक जना पक्राउ परेका छन् ।
शनिबार दिउँसो करिब १ बजे राम माया विश्वकर्माको स्वामित्वमा रहेको ना २५ प ६६२ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा हेटौंडा–१४ बस्ने बुद्ध गोलेलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई चोरीसम्बन्धी मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्















