हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ ।
कुलेखानी–दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, ज्यामेरेस्थित अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसी बाटो पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बोगटीकाअनुसार, आज साँझ ५ः१५ बजेदेखि हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने गाडीको आवतजावत रोकिएको हो । उक्त घटनाबारे थाहा हुने बित्तिकै सडक विभागसँग समन्वय गरिरहेको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक बोगटीले हेटौँडा–काठमाडौँ यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस्















