अबैध लङगुर बुर्जा गट्टी र नगद रकमसहित हेटौँडाबाट पाँच जना पक्राउ

मकवानपुर । हेटौँडाबाट अबैध लङगुर बुर्जा खेलाउने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हेटौँडा–८ नमुना चोकका २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका–४ घर भई हाल हेटौँडा–५ बस्ने ४२ वर्षीय दिपक अर्याल, हेटौँडा–१७ घर भई हाल हेटौँडा–१५ बस्ने २६ वर्षीय बिजय लामा, हेटौँडा–९ घर भई हाल हेटौँडा–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भई हाल हेटौँडा–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हिजो असोज २३ गते राति करिब ९ बजेतिर हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना चोकमा लङगुर बुर्जा खेलाईरहेको भन्ने बवशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट लङगुर बुर्जाको गट्टी र खाल १ सेटसहित नगद तीन लाख नौ सयं ६५ रुपैयाँ ्बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान कार्य जारी राखिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.