हेटौँडा–काठमाडौं जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा । बाढीपहिरोको जोखिम बढेकाले बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले एक सूचना जारी गर्दै सो बारे जानकारी गराइन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जारी गरेको सूचनामा हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको उल्लेख छ । जसमा हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–भीमफेदी–फाखेल सडक र हेटौँडा–भीमफेदी–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको हो ।

प्रशासनले आज असोज १८ गतेदेखि २० गतेसम्म अतिआवश्यक बाह्ेक सबै सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको र सो अवधिमा प्राकृतिक विपत्तिबाट प्रभावित भएकालाई तत्काल उद्धार, स्वास्थ्य उपचार, उचित राहत र क्षतिपूर्ति प्रदान गर्न कुनै पनि ढिलासुस्ती नगर्न आग्रह गरेकी छन् ।

साथै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सवारी आवतजावतमा रोक लगाइएको कारण नागरिकमा पुगेको असुविधाप्रति क्षमाप्राथी रहेको भन्दै विपद् सम्बन्धी सूचना सम्प्रेषण गर्न अनुरोध गरिन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.