शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् । उद्योगको मेकानिकल वर्कशपमा अनाधिकृत रूपमा प्रवेश गरी क्रसरको सापटको बुस (पितलको) लगायत विभिन्न सामग्री चोरी गने तीन जनालाई साउन ५ र ६ गते पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, साउन ३ गते राति विभिन्न सामग्री चोरी भएको उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको थियो । सो अनुसन्धानको क्रममा चोरीमा संलग्न रहेको आरोपमा सर्लाहीको बसबढिया गाउँपालिका–३ निवासी २५ वर्षीय सुनिल कुमार यादव, रौतहटको गरुडा नगरपालिका–५ का २५ वर्षीय पवन यादव र अर्का एक २१ वर्षीय रितेश कुमार यादवलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई हेटौँडा उपमहानगरपालिका–१५ स्थित सडकबाट क्रमशः साउन ५ र ६ गते पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । पक्राउ परेका तीनै जनालाई चोरीमा संलग्न रहेको पुष्टि भएसँगै उनीहरूमाथि जिल्ला अदालत मकवानपुरबाट चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.