मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आजबाट पुनः सुचारु भएको छ ।
गत जेठ २१ गतेबाट अवरुद्ध रहेको उक्त सडकखण्ड आज बिहानबाट सुचारुमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको सीमानामा बागमती खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भएकोले सो सडक अवरुद्ध बनेको थियो ।
बगुवा खोलामा बेलिब्रिज जडान कार्य समाप्त पश्चात आज बिहान १०ः४० बजेबाट बाटो पुर्ण रुपमा सुचारु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
बगुवा खोलामा बागमती पुलको एक भाग गएको असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्

















