आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाली महिला टोली

काठमाडौं । नेपाली महिला टोली आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । यूएईलाई पराजित गर्दै नेपाली महिला टोली पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।

एशिया छनोटको ‘सुपर–थ्री’ मा यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ बल बाँनेपाली महिला की छँदा ५ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु वर्माले नटआउट ३०, रुबिना क्षेत्रीले २३ रन बनाएकी थिइन् ।

अब नेपालले सुपर–थ्रीको दोस्रो खेलमा भोलि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् । थाइल्यान्ड पनि यूएईलाई पराजित गर्दै ग्लोबल छनोटमा पुगिसकेको छ ।

नेपाल एशिया छनोटमा समूह ‘सी’ को विजेता बन्दै सुपर–थ्रीमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.