एनआरएनएको अधिवेशनपछिको घटनाक्रमप्रति चिरञ्जीवी ढकालको ध्यानाकर्षण

हेटौंडा ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक चिरञ्जीबी ढकालले संघको हालको घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

एकता अधिवेशनपछिको घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उनले दुई दशकअघि नेपालको समृद्धिको परिकल्पना सहित स्थापना गरिएको संघ अहिले नेतृत्वका लागि देखिएको होडबाजीका कारण गम्भीर संकटमा फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संस्थाको १०औं महाधिवेशनमा देखिएको विवाद र त्यससम्बन्धी सर्वोच्च अदालतका दुई फैसलाको भावनाविपरीत आगामी मे ३ तारिखका लागि तय गरिएको एकता महाधिवेशनले संघलाई विभाजनको संघारमा पुर्‍याएको ढकालको ठहर छ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले समेत एकता अधिवेशनलाई लिएर चासो व्यक्त गर्दै आगामी ६ महिनाका लागि सार्न सर्वोच्च अदालतमा निवेदन दिएको तर सो निवेदनलाई बेवास्ता गर्दै संघका पूर्वअध्यक्ष शेष घलेले एकल रुपमा अधिवेशन गर्न खोज्नु निन्दनीय रहेको उनले बताएका छन् । विदेशमा रहेका संघका राष्ट्रिय समिति, संस्थापक सदस्यहरू, वर्तमान कार्यसमिति तथा सर्वोच्च अदालतको भावना विपरित हुने कुनैपनि अधिवेशनको औचित्य नरहेको स्पष्ट गर्दै उनले संघको विधानअनुसार आगामी अक्टोबर महिनामा १२ औं महाधिवेशन सम्पन्न गर्न अपिल गरेका छन् ।

संघको स्थायित्व र एकताका लागि सबै पक्षलाई जिम्मेवार र संयमित बन्न समेत ढकालले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.