मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नवनिर्मित महिला ब्यारेक भवनको आज उद्घाटन गरेका छन् ।
एक करोड ९५ लाख ७३ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको बुधबार एक समारोहबीच काूननमन्त्री लामिछानेले उद्घाटन गरेका हुन् ।
ब्यारेक भवन निमार्णका लागि मूल्य अभिवृद्धिकरसहित एक करोड ९१ लाख ९ हजार रुपैयाँ लागतमा गत २०८० साल असोज ८ गते रौतहट जिल्लाको गौरीगणेश कन्स्ट्रक्सन र जिल्ला प्रहरी कार्यालय मकवानपुरबीच निर्माण सम्झौता थियो ।
५०४ वर्गमिटर क्षेत्रफलको तीन तल्ले नवनिर्मित व्यारेकमा ५० जना महिला प्रहरी कर्मचारीले आवासीय सुविधा रहने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा अहिले ३८ जना महिला कर्मचारी कार्यरत रहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उनका अनुसार, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईमा गरी मकवानपुरमा ९४ जना महिला प्रहरी कर्मचारी कार्यरत छन् ।
सो क्रममा प्रमुख अतिथि लामिछानेले नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पु¥याएको भन्दै निर्माण कम्पनी गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्रलाई प्रशंसापत्र प्रदान गनुभयो ।
यस्तै, कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फीलाल साहलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो ।

















