लागूऔषधसहित हेटौंडाबाट एक युवक पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले मंगलबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

मंगलबार बिहान ६ बजेर ५ मिनेटको समयमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ का २४ वर्षीय मुम्ताज मियालाई १ सय मिलिलिटरको २ सय २५ बोतल लागूऔषध ओनरेक्ससहित नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमो जीपलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा सो परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मिया सुमो चालक रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । जिल्ला अदालत मकवानपुरबाट मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति पाइएको पनि प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.