मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित मानव सेवा आश्रममा सञ्चालन गरिएको श्रीमत् भागवत ज्ञान महायज्ञमा ४ करोड भन्दा बढी रकम संकलन भएको छ ।
शनिबार मानव सेवा आश्रमले पत्रकार सम्मेलनमार्फत् चैत्र १७ गतेदेखि २४ गतेसम्म आयोजित महायज्ञबाट ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैँया संकलन भएको जानकारी गराएको हो ।
महायज्ञमा नगद, चेक र क्युआरबाट १ करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ रकम संकलन भएको र प्रतिबद्वता रकम २ करोड ८७ लाख ६२ हजार १ सय २३ रुपैयाँ रहेको सचिव प्रकाश पौडेलले जानकारी दिए ।
यस्तै, सरकारी निकाय, स्थानीय वडा र पालिकाबाट २ करोड ३५ लाख ८७ हजार ३ सय ६६ रुपैयाँ, नारायणी यातायात व्यवसायी सहितका संघ–संस्थाहरूबाट १८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, र व्यक्तिगतबाट २९ लाख १९ हजार ५० रुपैयाँ प्रतिबद्धता रकम रहेको सचिव पौडेलले बताए ।
प्रतिबद्धता रकममध्ये ७ लाख २५ हजार ७ सय २ रुपैयाँ संकलन भएको उनले बताए । त्यसैगरी, जिन्सि बराबरको ३ लाख ३१ हजार ६ सय ६१ रुपैयाँ संकलन भएको छ । पत्रकार सम्मेलनमा यसै गरी मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले महायज्ञले मानवता प्रद्धर्धन ठुलो टेवा पुगेको बताए ।
महायज्ञ मुल आयोजक संयोजक बद्रिनाथ शर्माको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका प्रतिनिधि, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।














