बागमतीका खानेपानी मन्त्रीको आग्रहः ‘बजेट माग गर्दा योजनाले प्राप्त गर्ने थप उपलब्धिलाई ध्यानमा राख्नुस्’

मकवानपुर । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले बजेट माग गर्दा अत्यावश्यक योजना, योजनाको लागत अनुमान, लाभवित जनसंख्या र योजनाले प्राप्त गर्ने थप उपलब्धि समेतलाई ध्यानमा राखी योजना छनौट गर्नुपर्ने बताएका छन् ।

मन्त्री खड्काले मकवानपुरको बकैया र बागमती गाँउपालिकाको विभिन्न वडाहरुका आर्थिक वर्ष २०८१–०८२ मा संचालित चालु योजनाहरुको अनुगमनको क्रममा योजना तर्जुमा, बजेट विनियोजन र योजनाको प्राथमिकीकरण यथार्थपरक नभएको पाएको भन्दै यस्तो बताएका हुन् ।

उनले योजना छनौट गर्दा सकेसम्म चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरी छनौट गर्नुपर्ने र बहुवर्षीय योजना अत्यावश्यक बाहेक राख्नु नहुने बताए । उनले मन्त्रालय मातहतका निकायहरुलाई समेत तथ्यसत्य योजना छनौट गर्न, योजनाको लागत अनुमान, डि.पि.आर,उपभोक्ता समितीसँगको सम्झौता र ठेक्का प्रकृया आर्थिक वर्षको सुरुवात अर्थात असोज मसान्त भित्रै सकी कार्तिकदेखी वैशाख मसान्तसम्ममा योजना सम्पन्न गर्ने लक्ष्य लिनुपर्ने बताए ।

‘म यस मन्त्रालयको मन्त्रीको रुपमा पदवहाली हुँदा सरकारको अभियान अन्र्तगत सबै घरमा शुद्ध खानेपानी र सबै किसानहरुको खेतमा सिँचाई सुविधाको व्यव्स्थापनको मुल उद्देश्यसहित काम गर्ने उद्घोषकसहित काम गरिरहेको छु ।’ उनले भने, ‘चालु आ.व.को स्वीकृत योजनाहरु निर्धारित समयमा सम्पन्न गराउन १३ वटै जिल्लामा गैरहेको छु, हेर्दा देखिने, छाम्दा भेटिने बोल्दा सुनिने जस्तो भै जनतालाई तोकियको सेवा प्रवाह गर्ने प्रदेश सरकार र हाम्रो मन्त्रालय प्रतिबद्ध छ ।’

सो क्रममा खानेपानी तथा सरसफाई डिभिजन नं. १ मकवानपुरका डिभिजन प्रमुख रविन श्रेष्ठ, सिँचाई विकास डिभिजन कार्यलय मकवानपुरका डिभिजन प्रमुख निर्मल दहाल, नेपाली काँग्रेसका नेता आनन्दराम पराजुली, सुशान्त श्रेष्ठ र अन्य सरोकारवालाहरुलाई प्रदेश सरकार र हाम्रो मन्त्रालयको प्रतिबद्धतामा आ– आफनो क्षेत्रबाट सहयोग गर्ने समेत आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.