मकवानपुर । मकवानपुरको हेटौंडामा भलिबल रेफ्री तालिम हुने भएको छ । जिल्ला भलिबल संघको आयोजनामा आधारभूत रेफ्री तालिम हुने भएको हो ।
तालिम आगामी वैशाख २ गतेदेखि ६ गतेसम्म तालिम संचालन हुने मकवानपुर जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार, तालिममा सहभागी हुन कम्तिमा जिल्लास्तरीय खेलमा सहभागी भएको हुनुपर्नेछ ।
हेटौंडा–४, हुप्रचौरमा हुने तालिममा सहभागी हुन प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क लाग्ने छ भने तालिममा ३५ देखि ४० जनालाई सहभागी गराइने महासचिव श्रेष्ठको भनाई छ ।
राष्ट्रिय रेफ्री विजय वादेसहित ७ जना टोलीले तालिममा सहजीकरण गर्नेछन् । जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री ल्याउनु पर्ने समस्यालाई अन्त्य गर्न र भलिबलको नयाँ नियम खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको महासचिव श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्

















