हेटौंडा सिमेन्ट उद्योगले गर्यो पुनः उत्पादन सुरु

मकवानपुर ।  हेटौंडा सिमेन्ट उद्योगले पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । करिब पाँच महिनादेखि बन्द रहेको उक्त उद्योगले आजबाट पुनः सिमेन्ट उत्पादन सुरु गरेको उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिएका छन् ।

आवश्यक विद्युतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको उनले बताए । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक कर्णले बताए ।

उनका अनुसार, उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको छ ।

वि.सं. २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले वि.सं. २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौंडा उद्योगमा रु. एक अर्ब ५० करोड लगानी गरिएको थियो ।

हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जना स्थायी कर्मचारी रहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको सो उद्योगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.