हेटौंडामा चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को पुनः विशेष शो हुने

हेटौंडा । तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा पुनः विशेष शो हुने भएको छ । चैत २ गते शनिबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा विहान १०ः०० बजे चलचित्रको पुनः विशेष शो हुने भएको हो ।

यसअघि गत पुष २० गते हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरको रुपमा चलचित्रको पहिलो शो प्रदर्शन गरिएको थियो । प्रेम कथामा आधारित उक्त चलचित्रलाई दर्शकले रुचाएकै कारण हेटौंडामा पुनः विशेष शोको तयारी गरिएको नायक तथा निर्देशक हुत्त संजय लामाले जानकारी दिए। दर्शकहरुकै मागले हेटौंडामा पुनः शो प्रदर्शन गर्न लागिएको उनले बताए ।

मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा बनेको चलचित्र मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका क्षेत्रमा छायांकन गरिएको उनले जानकारी दिए । निर्माता उनले चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको बताएका छन् ।

२४ लाख लगानीमा निर्माण भएको चलचित्रमा सुनिता लुङ्वा, हिराबहादुुर मुक्तान, हेमकुमार तितुङ, तारा थोकर, माया डोल्मा लामा, मनिका सिंतान, राजकुमार तामाङ, जगतबहादुर मुक्तान लगायतको अभिनय रहेको छ । लोसाङ लामा र इकेश लामाको निर्माणमा बनेको चलचित्रमा प्रज्वल राउतको छायाँकन, सागर दोङ तामाङको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.