थाहामा भूमि आयोगको अन्तरक्रिया

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले आफ्नो पालिकाभित्र रहेको भूमिसम्बन्धी समस्या समाधानका लागि प्रथम चरणको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नापी भईसकेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित भूमिहिन हरुलाई जग्गा प्रदान गर्नको लागि अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना भएको भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । १२ वटा वडा रहेको थाहा नगरपालिकाको २, ८, ९ र १० नम्बर वडामा जग्गा दर्ताको कुनै दावी नभएको तर २०७१ सालमा भूमि प्राप्तिको लागि परिचयपत्र बनेको अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका हरुले गुनासो गरे । पटक पटक नापी हुने तर लालपुर्जा नबाडिदा समस्या भएको थाहा नगरपालिकाका मेयर विष्टले बताए ।

नापी भएको तर फिल्डबुकमा नाम नभएको समस्या रहेको मेयर विष्टले बताए । विगत लामो समयदेखि भूमिहिन भएर बसेका व्यक्तिहरुलाई जग्गा प्राप्तिका लागि आयोगले काम गर्ने भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, भूमि समस्या समाधान आयोग मकवानपुरको विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, सदस्य डिलमाया घर्ती, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर रानालगायत थाहा नगरपालिकाका वडा अध्यक्षहरु र राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.