चेपाङ संघ मकवानपुरमा महेशकुमारको नेतृत्व

हेटौंडा । नेपाल चेपाङ संघ मकवानपुर जिल्ला कार्यकारिणी समितिको अध्यक्षमा महेशकुमार चेपाङ निर्विरोध चयन भएका छन् । संघको मनहरी गाउँपालिका ७ स्थित मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको सभा हलमा फागुन १४ गते भएको सातौं अधिवेसनले आगामी ३ बर्षे कार्यकालका लागि उनको नेतृत्वमा १७ सदस्यीय कार्यकारिणी समिति निर्विरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शोभा चेपाङ, सचिवमा किशोर चेपाङ, कोषाध्यक्षमा भक्तबहादुर चेपाङ र सहसचिवमा अभि राना चेपाङ चयन भएका छन् । यसअघि कैलाश, राक्सिराङ, मनहरी, भीमफेदी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा रहेका पालिकास्तरीय कार्यकारिणी समितिको अधिवेसन सम्पन्न भई जिल्ला अधिवेसन आयोजना गरिएको संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए ।

अधिवेसनको उदघाटन सत्रमा केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, नेपाल आदिबासी जनजाति महासंघ मकवानपुरका कोषाध्यक्ष खेमबहादुर चेपाङ, राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका वडाध्यक्षहरु आशिष चेपाङ, युसाई चेपाङ, हरिबहादुर चेपाङ, ठाकुरराम तितुङ, राक्सिराङ गाउँ कार्यपालिका सदस्य सिंगलाल चेपाङ, नेपाल चेपाङ संघ केन्द्रीय सदस्य बिनिता चेपाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त राखे । संघका जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङको अध्यक्षतामा अधिवेसनको उद्घाटन सत्र भएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.