शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत घट्यो

काठमाडौं । शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत खुम्चिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ करोड ६८ लाखमा खुम्चिएको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो ।

आम्दानी घट्नुले नाफा घटेको देखिन्छ । पहिले ३ अर्ब ५१ करोड आम्दानी रहेकोमा अहिले ३ अर्ब १० करोडमा खुम्चिएको छ । वित्तीय लागत उल्लेख्य घटेको छ ।

यस्तो लागत पहिले ३ करोड ८० लाख रुपैयाँ रहेकोमा अहिले ४२ लाखमा झरेको छ  । प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी २ रुपैयाँ ८ पैसामा झरेको छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा छ । ५ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ ६० पैसा छ । साभार: अनलाइनखबर

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.