साइकल यात्रासँगै मनकामना मन्दिर परिसर सरसफाई

मकवानपुर । साइकल सिटि हेटौंडा मकवानपुरले साइकल यात्रासँगै सरसफाई कार्यक्रमको आयोजना गरेको छ । साप्ताहिक साइकल यात्रा तथा सरसफाई कार्यक्रम अन्तरगत आज बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४, स्थित मनकामना मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए ।

स्वास्थ, पर्यावरण अनि पर्यटनको निम्ति साइकल भन्ने मूल नाराका साथ हरेक सप्ताह फरक-फरक ठाउँमा साइकलबाट पुगेर उक्त पुगेको ठाउँमा भएका फोहोरहरुलाई जम्मा गरेर उचित ब्यवस्थापनमा सहयोग गर्ने हेतुले यस्तो कार्य थालिएको कुरा संस्थाका अध्यक्ष ढकालले बताए ।

साइकल सिटि हेटौंडाले छोटो अवधिमा नै साइकल प्रेमीहरुको साथ, सहयोग पाएकोले सामाजिक क्रियाकलापमा अघि बढ्न प्रेरणा मिलिरहेको कुरा संस्थाका संस्थापक अध्यक्ष दिपक खड्काले बताए ।

कार्यक्रममा २२ जना साइकल यात्रुहरु हेटौंडा आसपासका ठाउँबाट रुद्रेस्वर मन्दिर पिप्ले कुनामा जम्मा भएर मनकामना मन्दिर पुगेर कुचो, झाडु, बोरा, डस्टबिनको साथमा मन्दिर सफाइ कार्यमा जोडिएका थिए ।

साइकल सिटि हेटौंडा २०८१ असोज ११ गते दर्ता भएर करिब ५० जना सदस्य रहेको गैरनाफामुलक साइकल प्रेमिहरुको संस्था हो भने यस संस्थाले गत माघ ५ गते त्रिखण्डि मन्दिर परिसरमा बनभोज तथा साधारणसभा सम्पन्न गरेको थियो । जसबाट लेखनाथ ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको थियो।

कार्यक्रममा सल्लाहकार एवम् निवर्तमान अध्यक्ष दिपक खड्का,  सल्लाहकार राम कुमार श्रेष्ठ, सल्लाहकार चन्द्र मानन्धर,  उपाध्यक्ष प्रदिप थापा, कोषाध्यक्ष मंगल तामाङ, सचिव रनिस मानन्धर, सदस्य नवीन श्रेष्ठ, श्याम गौतम, साजन पौडेललगायतका साइकल प्रेमीहरुको सहभागिता रहेको थियो ।

साइकल सिटी हेटौंडाले हरेक हप्ता विभिन्न मन्दिर, देवालय, तिर्थस्थल र सार्वजनिक स्थलको सरसफाई गर्दै आईरहेको छ । उक्त टिमले गत साता हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित चुरियामाई मन्दिर परिसरको सरसफाई गरेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.