गोले समाज मकवानपुरको अधिवेशन फागुन १० गते हुनेगरि सारियो

हेटौंडा । गोले तामाङ बंश उत्थान समाज मकवानपुरको तेस्रो अधिवेशनको मिति सारिएको छ । यसअघि १९ माघमा हुने भनिएको अधिवेशन १० फागुनमा हुने गरि मिति सारिएको हो ।

तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार माघ महिनाभर मनाउने हुँदा अधिवेशनमा उपस्थिति कम हुने देखिएकोले मिति सारिएको समाजका अध्यक्ष राजकुमार गोले तामाङले जानकारी दिए ।

उनका अनुसार मकवानपुर जिल्लाभरिका गोले दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थितिमा गरिने अधिवेशनमा नयां कार्यसमिति चयन गरिने छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा अधिवेशन हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.